• २०८१ बैशाख २० बिहीबार

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

kharibot

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

बि.सं. २०७२ मा जारी भएको नेपालको संविधान पछिको पहिलो राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। २०७८ भदौ ३० सुरू भएको जनगणना मंसिर ९ गते सम्पन्न भएको थियो।

अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ। राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) र एक करोड ४२ लाख  ९१ हजार ३११ जना पुरुष (४८.९६%) रहेका छन् ।

दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५५ र ५१.५५ रहेको थियो। हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरूषको सङ्ख्या) ९५.९१ रहेको राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ। गत जनगणनामा प्रति सय महिलामा पुरुषको सङ्ख्या ९४.१६ रहेको थियो । 

कूल जनसङ्ख्या अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो। यसरी हेर्दा दश वर्षमा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको देखिएको छ। 

विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको र जुन अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको विभागले जनाइको छ। यो देशको वृद्धिदर पछिल्लो आठ दशककै न्यून वृद्धिदर हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै