• २०८१ बैशाख १७ सोमबार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

kharibot

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।

बहुमतका लागि ५६ मत आवश्यक पर्नेमा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । उनको विपक्षमा १७ सांसद रहेका थिए भने ७ जना तटस्थ रहेका थिए ।

जम्कट्टेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएका थिए । प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् ।

बागमती प्रदेशमा एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् । जम्कट्टेल सरकार गठन भएको ६७ औं दिनमा दोस्रो पटक सदनबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

यो सँगै एमाले सरकारबाट बाहिरिएको छ भने अब केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै