• २०८१ बैशाख १५ शनिबार

स्याउलेमा ‘एक घर एक धारा’

kharibot

प्रतिनिधि तस्बिर

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको रू पाँच लाख आर्थिक सहयोग र स्याउले वडास्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्राविधिक सहयोगमा एक सय ६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान गरिएको छ  । 

स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेपछि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद््घाटन गर्नुहुदै समुदायलाई हस्तान्तरण गरे । प्रमुख सापकोटाले नगरवासीलाई स्वच्छ खानेपानीको पहँुचमा पु¥याउन आफूले गरेको सङ्कल्पको सुरुआत स्याउलेबाट भएको बताए । 

पूर्वसांसद एवम् जुगलथालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुवास कर्माचार्यले एक घर एक धारा अभियानले सामुदायिक धारामा हुने घुइँचो र विवादको अन्त्य भएकामा खुसी व्यक्त गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय