• २०८१ बैशाख १६ आइतबार

पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुँइचो

kharibot

कास्की । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दशैँ पर्वका अवसरमा आज विहानदेखीनै भक्तजनको घुँइचो लागेको छ  । 

मन्दिरमा पूजाआजाका लागि श्रद्धालुभक्तजनहरु विहान ४: ०० बजे सवेरैदेखी लामवद्ध भएका थिए ।

मन्दिरमा पूजाका लागि नेपालीमात्र नभई छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । 

मन्दिमा लाइनमा बस्न सक्नेहरु लामवद्ध भएका छन् भने नसक्नेहरुले बाहिरबाटनै मन्दिर दर्शन तथा टीका ग्रहण गरिरहेका छन् । 

क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैतेदशैँको अवसर पारी टाढाटाढाबाट समेत भक्तजनहरु आएर मन्दिरमा श्रद्धापूर्वक दर्शन गरिरहेको जानकारी दिए ।

उनका अनुसार बिहीबार रामनवमी दिन विहान ८ बजेदेखी ११ बजेसम्म समकालीन सन्दर्भमा मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ । पोखराका विन्ध्यवासिनी मन्दिरसँगै तालबाराही मन्दिर, भद्रकाली, लामाचौरको अकला मन्दिर लगायतका धार्मिकस्थलहरुमा समेत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै