काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नौ वटा संथाको सेयर सुचीकरण भएको छ ।
नेप्सेले दिएको जानकारी अनुसार कृषि बिकास बैक सहित नौ वटा बैंक तथा फाईनान्सहरुको नियमित कारोवारका लागि बोनस तथा हकप्रद सेयर सुचीकृत भएको हो ।
लघुबित्त तर्फ नयाँ नेपाल लघुबित्त बित्तीय संस्थाको ४० हजार कित्ता, किसान माईक्रो फाईनान्सको आठ लाख पाँच हजार कित्ता र बिजय लघुबित्त बित्तीय संस्थाको एक लाख ६१ हजार कित्ता बोनस सेयर सुचीकृत भएको छ ।
यसैगरी बिकास बैंकतर्फ भने कञ्चन डेभलपमेन्ट बैंकको ५५ लाख ५५ हजार पाँच सय कित्ता बोनस, साँग्रिला डेभलपमेन्ट बैंकको एक करोड आठ लाख ६७ हजार सात सय ९८ कित्ता हकप्रद र मिसन डेभलपमेन्ट बैकको आठ लाख ६५ हजार चार सय ६७ कित्ता बोनस सेयर सुचीकरण भएको छ ।
बाँणिज्य बैकतर्फ भने नेपाल एसबिआई बैंकको एक करोड सात लाख ७९ हजार नौ सय १७ कित्ता बोनस, एभरेष्ट बैंकको एक करोड ९९ लाख १६ हजार दुई सय ७७ कित्ता बोनस र कृषि बिकास बैंकको एक करोड ४१ लाख ७५ हजार तीन सय ६० कित्ता बोनस सेयर सुचीकृत भएको छ ।
कसको कति सेयर सुचीकरण भयो हेर्नुहोस तालिका :
क्रस संस्थाको नाम प्रकार कित्ता
१ नयाँ नेपाल लघुबित्त संस्था बोनस ४००००
२ नेपाल एसबिआई बैंक बोनस १०७७९१७६.०१
३ कञ्चन डेभलपमेन्ट बैंक बोनस ५५५५५००
४ किसान माईक्रो फाईनान्स बोनस ८०५०००
५ साँग्रिला डेभलपमेन्ट बैंक हकप्रद १०८६७७९८.५०
६ बिजय लघुबित्त बित्तीय संस्था बोनस १६१०००
७ मिसन डेभलपमेन्ट बैंक बोनस ८६५४६७
८ एभरेष्ट बैंक बोनस १९९१६२७७.४८
९ कृषि बिकास बैंक बोनस १४१७५३६०
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)