काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सले विजयी शुरुवात गरेको छ ।
शनिबार सम्पन्न खेलमा पञ्जाबले कोलकोता नाइट राइडर्सलाई डक वर्थ लुइस नियम अनुसार ७ रनले पराजित गरेको हो ।
पञ्जाब्ले दिएको १९२ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो ।
त्यसपछि खेल हुन नसकेपछि डिएल मेथड अनुसार पञ्जाब ७ रनले विजयी भएको थियो ।
कोलकोताका लागि आन्द्रे रशेलले ३५, वेंकटेश अय्यरले ३४, कप्तान नितिश राणाले २४ र रहमनुल्लाह गुर्बाजले २२ रन बनाएका थिए ।
त्यस्तै पञ्जाबका बलर अर्शदीप सिंहले ३ विकेट लिए भने साम कुरान, नाथन इलिस, सिकन्दर राजा र राहुल चाहरले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।
पञ्जाबका लागि भानुका राजपक्षेले ५० रन बनाए भने कप्तान शिखर धवनले ४०, साम करणले अविजित २६ रन बनाएका थिए ।
त्यस्तै ओपनर प्रभिसिमरन सिंहले २३, जितेस शर्माले २१, सिकन्दर राजाले १६ रन र शाहरुख खानले अविजित ११ रन बनाए ।
त्यसैगरी कोलकोताका बलर टिम साउथीले २ विकेट लिए भने उमेश यादव, सुनिल नारन र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।
योजितपछि पञ्जाबले २ अंक हासिल गरेको छ ।