• २०८१ बैशाख १५ शनिबार

जर्सीसँग हार्यो पीएनजी

kharibot

काठमाडौँ । आइसीसी विश्वकप क्वालिफायर प्लेअफ अन्तर्गत जर्सीले पीएनजीलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा जर्सीले पीएनजीलाई ११ रनले पराजित गरेको हो ।

जर्सीले दिएको २९२ रनको लक्ष्य पछाएको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाउदै २८० रन मात्र बनाएपछि जर्सीले खेल ११ रनले जितेको हो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जर्सीले जोस लावरेनसनको ११४ र आसा ट्राइबको ११५ रनको मद्धतले ५० ओभरमा ४ विकेट गुमाउदै २९१ रन बनाएको थियो ।

यो जितपछि जर्सीको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ भने पीएनजीले आफ्ना तिनै खेलमा हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै