• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा

kharibot

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफको समीकरण पुरा भएको छ । शनिबार लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको समिकरण पुरा भएको हो ।

जारी प्रतियोगितामा अब पहिलो क्वालिफायरमा विभागीय टिम एपीएफ र कोशी प्रदेश खेल्ने भएका छन् ।

सबै ७ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १४ अंकसहित शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा छनौट भएको छ भने कोशी प्रदेश ७ मध्ये ६ खेलमा जित हासिल गर्दै १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पहिलो क्वालिफायर खेल आइतबार हुदै छ । यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउने छ । 

त्यस्तै प्रतियोगिताको इलिमिनेटरमा भने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश खेल्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेश ७ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंकसहित तेस्रो स्थानमा रहेको छ भने बागमती प्रदेश ७ खेलमा ४ जित र २ हार सहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेर इलिमिनेटर खेल्ने भएको हो । इलिमिनेटरको खेल आइतबार हुदै छ । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायर खेल सोमबार हुने छ भने फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।  

प्रतियोगितामा भाग लिएका मधेश प्रदेश पाँचौं, लुम्बिनी प्रदेश छैटौं, गण्डकी प्रदेश सातौं र कर्णाली प्रदेश जितविहिन हुदै आठौ स्थानमा रहेर बाहिरिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै