• २०८१ बैशाख १४ शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दैः प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसुची

kharibot

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथी दफाबार छलफल गर्ने र पारित गर्ने कार्यसुची रहेको छ । जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै