• २०८३ मङ्सिर ३ बिहीबार

बाँकेका राप्ती सोनारीका १० भूमिहीन परिवारले पाए लालपुर्जा

बाँकेका राप्ती सोनारीका १० भूमिहीन परिवारले पाए लालपुर्जा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाका १० भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

जिल्ला भूमि समस्या समाधान समितिले राप्ती सोनारी गाउँपालिका–४ का तीन भूमिहीन दलित र सात भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको हो । उनीहरू २०४४/४५ सालदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

लामो समयदेखि जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका स्थानीयले लालपुर्जा पाएसँगै आफ्नो बसोबास रहेको जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । यसले उनीहरूलाई जग्गाधनीका रूपमा स्थापित हुनुका साथै वर्षौंदेखिको भूमि स्वामित्वसम्बन्धी समस्या समाधान भएको छ ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ । भूमिहीन परिवारलाई जग्गाधनी बनाउने लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी बनाउने सरकारको योजना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै