• २०८१ बैशाख ७ शुक्रबार

चर्च ब्वाइजले जित्यो जितपुर सिमरा गोल्डकपको उपाधि

kharibot

बारा । चर्च ब्वाइज युनाइटेडले जितपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा चर्च ब्वाइजले दश खेलाडीमा समेटिएको हिमालयन शेर्पालाई २ - ० गोलले पराजित गर्दै जितपुरसिमरा गोल्डकपको उपाधि जितेको हो । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।

बारास्थित सिमरा रंगशालामा भएको खेलको छैटौँ मिनेटमै हिमालयन दश खेलाडीमा झरेको थियो । दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

त्यसपछि खेलको ३५औँ मिनेटमा कप्तान मिलन राईले फ्रि-किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाए । उपाधिसंगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं चुनिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै