• २०८१ बैशाख १५ शनिबार

अखिल नेपाल महिला सङ्घको अध्यक्षमा टुका हमाल

kharibot

काठमाडौँ  । नेकपा (एमाले)को जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्षमा टुका हमाल निर्वाचित भएका छिन् ।

यहाँ भएको साताँै राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, मेनुका काफ्ले, मेनका पोखरेल, रूक्मणी राना र सुमित्रा विसी निर्वाचित भएका छन् ।

महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँल निर्वाचित भएका छन् ।

सचिवमा विणादेवी राई, बीना साह, शारदा कुमाल, नरदेवि पुन, बीना ज्ञवाली, मीना रखाल र आशा विक निर्वाचित भएका छन्  ।

सङ्घको सातौ अधिवेशन यही २५ र २६ गते काठमाडौँमा भएको थियो । एमालेले आफ्ना सबै जनवर्गीय सङ्गठनलाई अधिवेशन यही चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशन दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै