• २०८१ बैशाख २१ शुक्रबार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्‍जन श्रेष्ठ विजयी

kharibot

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।

पहिलो र दोस्रो हुनेबीच सहमति गरेर अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उमेशलाई महासंघको विशिष्ट सदस्यका रूपमा राख्न अन्जन सहमत देखिएपछि उनीहरूबीच सहमति भएको बताइएको छ ।

बुधबार भएको निर्वाचनमा तीन उपाध्यक्षसहित सात प्रदेश सदस्य, १८ र जिल्लानगर सदस्य, १४ वस्तुगत सदस्य, १९ एसोसिएट सदस्यका साथै एक द्वीराष्ट्रिय सदस्य निर्वाचित भइसकेका छन् ।

जिल्लानगर र एसोसिएट उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै