• २०८१ बैशाख २४ सोमबार

देशमा महाविपत्ति आएको सम्झेर सरकारले काम गर्नुपर्छ- गगन थापा

kharibot

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा महाविपत्ति आएको सम्झेर सरकारले काम गर्नुपर्ने बेला आएको बताएका छन् । 

शनिबार नेपाली कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षेसमेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।

थापाले भने- 'चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो प्रदेश मन्त्री वा प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ । अनि मात्रै परिणाम दिन सकिन्छ ।'

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउदै सरकारले राम्रो काम गर्दै गए ३, ४ महिना भित्रै मुलुक सम्हालिँदै जाने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै