• २०८१ बैशाख १६ आइतबार

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्छ- गगन थापा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिनको माग राखेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

महामन्त्री थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै छानबिन हुनुपर्ने बताएका छन् । 

उनले भने-  लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौँ रुपैयाँ ठग्ने अरू सय जनाले पनि उन्मुक्ति पाउने बताउदै सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने अवस्था आउने बताए । 

साथै उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा उनले आशङ्का व्यक्त गर्दै यो प्रकरणको सम्बन्धमा प्रधानमन्त्रीको जवाफको माग समेत मागेका छन् । 

उनले भनेका छन्- 

पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ। पोखरा महानगरपालिकाले अध्ययन गर्यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो। रिपोर्टले भन्यो सय जना मानिसहरूले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने। माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला । शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो । तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानूनी छ । मैले उहाँको स्पष्टीकरण सुने । ३ मिनेट २० सेकेन्डको थियो । मैले राम्रो सँग सुने, पढेँ पनि। स्पष्टीकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन। सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला । यदि यस्तै मान्ने हो भने सय जना नै मानिसहरूले एक अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पुर्‍याइएको छैन । एक अर्ब झ्वाम्म। यसरी छोड्दिने हो भने एक जनालाई मात्रै छोडेर हुँदैन अब । सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै