• २०८१ बैशाख २१ शुक्रबार

निरक केसी बने नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष

kharibot

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् ।

सोमबार भएको निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई पराजित गर्दै कोषाध्यक्षमा विजयी भएका हुन् । केसीले ३८ मत प्राप्त गरे भने पाण्डेले २९ मत पाएका थिए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थनमा केसी उम्मेदवार बनेका थिए भने अर्का उम्मेदवार पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन रहेको थियो ।

निर्वाचित कार्यसमितिले कोषाध्यक्ष चयन गर्ने महासंघको विधानमा व्यवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै