• २०८१ बैशाख २२ शनिबार

भीम रावल भन्छन्- रविले ल्याएको राष्ट्रिय परिचयपत्रसम्बन्धि कार्यविधि खारेज गर्ने निर्णय स्वागतयोग्य

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता भिम रावलले सरकारले तत्कालिन गृहमन्त्री रवि लामिछानेले ल्याएको राष्ट्रिय परिचयपत्र सम्बन्धि कार्यविधि खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धि कार्यविधि खारेज गरेपछि सामाजिक सञ्जालमार्फत नेता रावलले स्वागत गर्दै दोहोरो नागरिकता  र राहादानी लिनेहरूको बारेमा पनि छानबिन गरी कारवाही गर्न माग गरेका छन् ।

उनले भनेका छन्-         

रवि लामिछाने गृह मन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रूजु गर्ने गरी ल्याइएको राष्ट्र हित विरोधी कार्यविधि खारेज गरी छानबिन गर्ने वर्तमान सरकारको निर्णय उचित र स्वागतयोग्य छ । दोहोरो नागरिकता  र राहादानी लिनेहरूको बारेमा पनि छानबिन गरी कारवाही होस् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय