• २०८१ बैशाख २४ सोमबार

ओलीसँग भीम रावलको भेटमा के भयो ?

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटमा आफ्ना विचार राख्ने विषयमा मात्र कुराकानी भएको बताएका छन् ।

भेटपछि प्रतिक्रिया दिदै नेता रावलले लामो समय पछि भेट भएको भन्दै देशको राष्ट्रिय परिस्थितिका विषयमा कुराकानी भएको बताए । उनले भने- 'हाम्रोबीच भेट नभएको धेरै भएको थियो । आज भलाकुसारी गर्‍यौं । अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ । यसमा हाम्रा सोच दृष्टिकोणहरू के छन् । त्यसमा सामान्य कुराकानी भयो । अब फेरि कुराकानी गर्ने भन्ने भयो ।'

पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् ।

यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो । सो कार्यदलले रावलसँग छलफल समेत गरेको थियो । रावल पछिल्लो समय पार्टीका गतिबिधिमा सहभागी भए पनि केन्द्रीय नेतृत्वसँग टाढा नै रहेका छन् ।

पार्टीमा नयाँ जिम्मेवारी लिने विषयमा रावलले त्यस विषयमा कुराकानी नभएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै