• २०८१ बैशाख १६ आइतबार

सन्दीपले तोडे राशिद खानको रेकर्ड

kharibot

काठमाडौँ । सन्दीप लामिछानेलाई आज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानका रासिद खानको एक रेकर्ड तोडेका छन् ।

योसँगै सन्दीपले ४२ खेलमा १०० विकेट लिएर एकदिवसीय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् ।  यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने रेकर्ड रासिद खानको नाममा रहेको थियो ।

आज ओमानविरुद्ध जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपले ओमानका आदील शफिकलाई आउट गर्दै यो रेकर्ड बनाएका हुन् ।

राशिदले ४४ खेलमा सय विकेट लिएर यो रेकर्ड बनाएका थिए । उनले २०१८ को मार्च २५ मा वेस्टइन्डिजविरुद्धको खेलमा यो रेकर्ड आफ्नो नाममा बनाएका थिए । उनले त्यसबेला अस्ट्रेलियाका मार्क स्टार्कको ५२ खेलमा सय विकेटको रेकर्ड  तोड्दै आफ्नो नाममा लेखाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै