• २०८१ बैशाख २८ शुक्रबार

ट्रायल दिन लागेका नक्कली परीक्षार्थी पक्राउ

kharibot

काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जनालाई बुधवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ घर भएका २८ वर्षीय  राजेश शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुईपाङ्गे सवारी साधनको ट्रायल दिदै गरेको  अवस्थामा  शाहीलाई  फेला पारेको थियो ।

नियन्त्रणमा आएका शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्र प्रसाद भट्टले बताए । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै