• २०८१ बैशाख २० बिहीबार

उत्तर कोरियालाई चुरोट बेचेको आरोपमा ६२९ मिलियन डलर जरिवाना

kharibot

काठमाडौँ । उत्तर कोरियालाई चुरोट बेचेको आरोपमा अमेरिकाले बेलायतको एक कम्पनीलाई ६२९ मिलियन डलर जरिवाना लगाएको छ ।

विश्वको सबैभन्दा ठूलो सूर्तिजन्य कम्पनी मध्येको एक ब्रिटिश अमेरिकन टोब्याको कम्पनी (ब्याट) को सहायक कम्पनीले उत्तर कोरियालाई चुरोट बेचेको स्वीकार गरेको छ । ब्याटले २००७ र २०१७ को बीचमा अमेरिकी प्रतिबन्धका बाबजुद उत्तर कोरियालाई चुरोट बेचेको थियो ।

यूएस डिपार्टमेन्ट अफ जस्टिसले ब्याटले उत्तर कोरियाली संस्थाहरूलाई चुरोट बेच्न धेरै आर्थिक अनियमतिता गरेको बताएको छ । २००७ र २०१७ को बीचमा ब्याटले अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घन गर्दै सहायक कम्पनीहरू मार्फत उत्तर कोरियालाई करिब ४१५ मिलियन डलरको चुरोट बेचेको बताएको छ । ब्याटले सो रकम सिंगापुरमा रहेको तेस्रो पार्टीको एकाउन्टमा उत्तर कोरियाबाट बुझेको उल्लेख गरेको छ ।

यसैबीच, यस कारोबारमा संलग्न उत्तर कोरियाली बैंकर सिम ह्योन-सोप, चिनियाँ सहयोगी किन गुओमिङ र हान लिनलिनविरुद्ध पनि आपराधिक आरोप लगाइएको छ । तर, तीनै अभियुक्त अहिले फरार छन् ।

अमेरिकी न्याय विभागले थप ३ जना अभियुक्त बारे जानकारी दिएमा पुरस्कारको घोषणा गरेको छ ।

तीनै जनालाई उत्तर कोरियाली चुरोट कम्पनीहरूलाई पात सुर्ती आपूर्ति गर्न धेरै नक्कली कागजातहरू बनाएको आरोप छ। उनीहरु मार्फत उनले अमेरिकी बैंकहरुबाट ६२९ मिलियनको लेनदेन गरेका थिए । यसबाट उत्तर कोरियाका कम्पनीहरूलाई करिब ७०० मिलियन डलर फाइदा भएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ पनि धेरै धुम्रपान गर्छन् । गत वर्ष मे महिनामा अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई उत्तर कोरियामा सूर्ति निर्यातमा प्रतिबन्ध लगाउन आग्रह गरेको थियो । तर, रुस र चीनले यसलाई भिटो गरेका थिए ।

ब्रिटिस अमेरिकन टोब्याको कम्पनी विश्वको दोस्रो ठूलो तंबाकू कम्पनी हो । यो बेलायतको १० ठूला कम्पनीहरू मध्ये एक हो । कम्पनीले चुरोट, तंबाकू र अन्य निकोटिन उत्पादनहरू बिक्री गर्दछ । यसमा लकी स्ट्राइक, डनहिल र पल मल लगायतका प्रमुख चुरोट ब्राण्डहरू छन् । यस कम्पनीको मुख्यालय लन्डनमा छ र विश्वभर करिब ८० हजार कर्मचारी छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै