• २०८१ बैशाख १९ बुधबार

कतारविरुद्ध सन्दिपले लिए नेपालका लागि तेश्रो विकेट 

kharibot

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल जारी छ । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको कतारले ८.३ ओभरमा तेश्रो विकेट गुमाएको छ । 

कतारका जाहिर इव्रहिम १५ रन बनाएर आउट भए । उनलाई सन्दिप लामिछानेले आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल कतारले ९ ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको छ । 

जारी एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा पुगिसकेको छ भने कतार प्रतियोगिताबाट बाहिरिइसकेको छ । 

आजको खेलपछि समुहको विजेता र उपविजेताको टुंगो लाग्ने छ । समुह ए मा ओमान ४ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै