• २०८१ बैशाख ८ शनिबार

मदिराबाट छुटकारा पाउन मस्तिष्कमा चीप प्रत्यारोपण !

kharibot

काठमाडौँ । चीनमा रक्सीको लतबाट पीडित एक व्यक्तिको शरीरमा चिप प्रत्यारोपण गरिएको छ । यी ३६ वर्षीय पुरुषको नाम लिउ हो । यो शल्यक्रिया मात्र पाँच मिनेटमा सम्पन्न भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार लिउ चीनका पहिलो व्यक्ति हुन् जसलाई यस प्रकारको विशेष चिप प्रत्यारोपण उपचार दिइएको छ । यस शल्यक्रियापछि अब लिउले रक्सी पिउन मन नलाग्ने हुने बताइएको छ ।

‘साउथ चाइना मर्निङ पोस्ट’ को रिपोर्टले यो शल्यक्रियाको बारेमा जानकारी दिएको छ । १२ अप्रिलमा गरिएको यो शल्यक्रिया बारे अहिले जानकारी सार्वजनिक भएको छ । यो हुनान राज्यको हाई-टेक ब्रेन अस्पतालमा गरिएको थियो ।

विशेष कुरा यो एक क्लिनिकल परीक्षण थियो । यसको नेतृत्व गर्ने डाक्टरको नाम हाओ वेई हो । हाओ संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल ब्यूरोका उपाध्यक्ष हुन् र उनले आफ्नो टोलीसँग मिलेर यो अल्कोहल क्रेभिङ चिप बनाएका हुन् ।

यो चिपले कसरी काम गर्छ ?

यो चिप रक्सीको लतबाट छुटकारा पाउन कसरी सहयोगी साबित हुन्छ भन्ने पनि प्रतिवेदनमा बताइएको छ । यो चिपलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण पछि, चिपले नाल्ट्रेक्सोन नामक रसायन निकाल्छ । शरीरले यो रसायनलाई अवशोषित गर्नेछ र मस्तिष्कमा उपस्थित लक्षित रिसेप्टरहरूले यसलाई मस्तिष्कको कार्यमा पठाउनेछन् ।

नाल्टरेक्सोन रसायन वास्तवमा एक पदार्थ हो जुन कुनै प्रकारको लागु पदार्थको लतबाट पीडित र सबै प्रयासको बाबजुद पनि यसलाई छोड्न असमर्थ व्यक्तिहरूको उपचारमा प्रयोग गरिन्छ ।

रिपोर्ट अनुसार लिउले १५ वर्षदेखि मदिरा सेवन गर्दै आएका थिए । उनले एकै समयमा एक लिटरभन्दा बढी रक्सी पिउँथे । त्यसपछि उनको व्यवहार निकै हिंसात्मक बन्ने गर्दथ्यो । उनलाई रक्सीको लत यतिसम्म थियो कि बिहानको खाजाअघि एक लिटर रक्सी पिउँथे । कयौं पटक ड्युटीमा हुँदा पनि मादक पदार्थ सेवन गर्थे । जसका कारण उनलाई धेरै जागिरबाट पनि निकालिएको थियो ।

अमेरिकन जर्नल अफ फिजिएट्रीका अनुसार रक्सी पिउनु अघि नाल्ट्रेक्सोनको एक खुराक लिनाले लतबाट छुटकारा पाउन धेरै प्रभावकारी साबित हुन्छ । यसले पिउने इच्छा कम गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै