• २०८१ बैशाख २४ सोमबार

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

kharibot

काठमाडौं  । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी रहेको छ ।

कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको हो । उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो ।

कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।

पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै