• २०८१ बैशाख १६ आइतबार

नापोलीले जित्यो इटालियन सिरी ए को उपाधि

kharibot

काठमाडौँ । इटालियन सिरी ए को उपाधि नापोलीले जितेको छ । 

गएराती सम्पन्न खेलमा उडिनेससँग १-१ गोलको बराबरी खेलेसँगै नापोलीले यस सिजनको सिरी ए उपाधि जितेको हो । 

१-० गोल अन्तरले परेको नापोलीका लागि खेलको ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यस्तै उडिनेसका लागि सान्डी लोभरिकले खेलको १३औं मिनेटमा गोल गरेका थिए । 

यो बराबरी पछि नापोलीको ३३ खेलमा ८० अंक भएको छ र लिगमा ५ खेल अगाडी नै उपाधि जितेको छ । 

त्यस्तै उडिनेसको ३३ खेलमा ४३ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ । 

नापोलीले सन् १९९० पछि पहिलो पटक सिरी ए को उपाधि जितेको हो । त्यस्तै नापोलीले सिरी ए को उपाधि जितेको यो तेस्रो पटक हो । यस अघि १९८६-८७ र १९८९-९० मा सिरी ए को उपाधि जितेको थियो । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय