• २०८१ बैशाख १८ मंगलबार

नेपालको एउटै कार्यसूची आर्थिक समृद्धि

kharibot

खोटाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालमा एउटै कार्यसूची आर्थिक समृृद्धि मात्र रहेको बताएका छन् । 

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँमा आज आयोजना गरिएको स्वास्थ्य तथा घुम्ती शिविर उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री तथा सांसद थापाले सबैभन्दा कमजोर पक्षबाट विकासको थालनी गर्नुपर्ने बताएका हुन् । 

‘विकासको पहिलो आधार भनेको शिक्षा, हाम्रो विकासको पहिलो एजेण्डा पनि शिक्षा हुनुपर्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा सबैले बराबर पढ्न पाउनुपर्छ । सबैले गुणस्तरीय शिक्षा पढ्न पाउनुपर्छ ।’ 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गाउँघरका धेरै व्यक्ति अवसर नपाएर विभिन्न किसिमका रोग सहेर बस्नुपरेको बताउँदै शिविरको सक्दो उपयोग गर्न आग्रह गरे । स्वास्थ्य शिविरसँगै जिल्ला प्रशासन कार्यालयले नागरिकता र मालपोत कार्यालयले जग्गासम्बन्धी सेवा दिनाका साथै महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै