• २०८१ बैशाख २१ शुक्रबार

आइपिएलबाट बाहिरिए जोफ्रा आर्चर

kharibot

काठमाडौँ । इङल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चर जारी आइपिएलबाट बाहिरिएका छन् । मुम्बई इन्डियन्सबाट खेलिरहेका आर्चरले पूर्ण रुपमा फिट नभएपछि आफ्नो पुरा रिकभरीका लागि आइपिएल छोडेका छन् ।

आर्चर बाहिरिएपछि मुम्बई इन्डियन्सले इङ्ल्यान्ड क्रिकेट टोलीका विशेषज्ञ बलर क्रिस जोर्डनलाई उनको स्थानमा अनुबन्ध गरेको छ । यस सिजनका मुम्बईका १० खेलमध्ये उनले ५ खेल मात्र खेलेका आर्चरको प्रदर्शन पनि त्यति राम्रो हुन सकेन । ५ खेलमा उनले केवल २ विकेट लिए । सन् २०२२ मा भएको मेगा अक्सनमा उनलाई मुम्बई इन्डियन्सले ८ करोडमा किनेको थियो । जोफ्राले २०२२ मा एक खेल पनि खेल्न सकेनन् ।

जारी आइपिएलबाट अहिलेसम्म १७ खेलाडी बाहिरिएका छन् । जसमा मुम्बई इन्डियन्सका जसप्रित बुमराह, गुजरात टाइटन्सका केन विलियम्सन, कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यर, लखनऊ जाइन्ट्सका कप्तान केएल राहुल जस्ता ठूला नामहरू समावेश छन् ।

क्रिस जोर्डन आइपीएलको १६औं सिजनको मिनी अक्सनमा बिक्री भएका थिएनन् । उनलाई आर्चरको स्थानमा मुम्बई इन्डियन्सले २ करोडमा समावेश गरेको छ । जोर्डनले २०१६ मा आईपीएलमा डेब्यू गरेको थियो र त्यसपछि उनले २८ आईपीएल खेल खेलेका छन् र त्यसमा २७ विकेट लिएका छन् ।

पाँच पटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्स आईपीएलको १६औं सिजनमा आठौं स्थानमा छ । उसले अहिलेसम्म खेलेका १० मध्ये ५ खेल जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै