• २०८१ बैशाख १८ मंगलबार

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार भारतीय नागरिकको मृत्यु

kharibot

नेपालगञ्ज । नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका भारत रुपईडिहा रामपुरका २५ वर्षीय सुरेश तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी रामबहादुर घर्तिमगरका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका तेली गम्भीर घाइते भएका हुन् ।

मोटरसाइकलमा नेपालगञ्जतर्फ आउँदै गरेका तेलीलाई नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको टिप्परले ठक्कर दिएको थियो ।

निमित्त प्रहरी प्रमुख घर्तिमगरले दुर्घटना लगत्तै तेलीलाई उपचारका लागि भेरी अस्पतालमा पुरयाएको र उपचारकै क्रममा उनको निधन भएको जानकारी दिए ।

उनले मृतक तेलीका ससुरालाई दुर्घटनाबारे जानकारी गराइएको र शव पोस्टमार्टपछि परिवारलाई बुझाइने बताए ।

टिप्पर र चालक बर्दिया मधुवन निवासी प्रेमबहादुर डाँगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै