• २०८१ बैशाख १६ आइतबार

धवलागिरि क्षेत्रमा मृत्यु भएका तामाङको शव काठमाडौँ ल्याइयो

kharibot

काठमाडौँ । धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको हिमपातका कारण उनी बेपत्ता भएको र खोजीको क्रममा शव फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

त्यस बेलादेखि नै उद्धारका लागि विभिन्न प्रयास गरिँदै आएकामा प्रतिकूल मौसमका कारण कठिनाइ भएको थियो । पछिल्लोपटक सेनाको सहयोगमा शेर्पा आरोही सम्मिलित टोलीले यही वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब पाँच हजार मिटरको उचाइमा शव फेला परी आधार शिविर ल्याएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै