• २०८१ बैशाख १६ आइतबार

कर्नाटकमा जितपछि राहुल गान्धी भन्छन्- नफरतको बजार बन्द भयो

kharibot

नयाँदिल्ली । कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् । 

भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।

‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’

कर्नाटकमा कांग्रेसले सरकार बनाउन आवाश्यक ११३ सिट भन्दा बढी अर्थात १३६ सिटमा बिजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सिमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा बिजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबिच, कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै