• २०८१ बैशाख १६ आइतबार

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

kharibot

काठमाडौँ । बार्सिलोनाले ला लिगाको यस सिजनको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पेनियोललाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको ला लिगाको उपाधि चार खेल अघि नै जितेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरे भने एलेजान्द्रो बालडे र हुलेज कोउनडेले एक एक गोल गरेका थिए ।

त्यस्तै इस्पेनियोलका लागि जाभी पाउडो र जोसेलुले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ३४ खेलमा ८५ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा १४ अंकले अगाडी रहेको छ ।

त्यस्तै इस्पेनियोलको ३४ खेलमा ३१ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।

योसँगै बार्सिलोनाले सन् २०१८-१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको छ । त्यस्तै बार्सिलोनाको यो २७औ ला लिगा उपाधि हो । ला लिगाको उपाधि धेरै पटक जित्ने किर्तिमान भने रियल म्याड्रिडको नाममा छ । रियलले ३५ पटक यो उपाधि जितेको छ ।

त्यस्तै बार्सिलोनाका प्रशिक्षक जाभीको यो प्रशिक्षकको रुपमा बार्सिलोनामा यो दोस्रो उपाधि हो । उनले यस अघि यसै सिजनको सुपर कोपाको उपाधि जिताएका थिए । तर ला लिगाको भने यो पहिलो उपाधि हो । जाभी २०२१ को नोभेम्बरमा बार्सिलोनाको प्रशिक्षक बनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै