• २०८१ बैशाख २७ बिहीबार

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

kharibot

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

शनिवार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतबाट   जिल्ला अदालत लगिएको हो । नी माथी थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएको थियो । 

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै