• २०८१ बैशाख १६ आइतबार

इरानी विदेशमन्त्रीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोगका निम्ति आग्रह

kharibot

तेहरान । इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका  निम्ति अन्तरराष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् ।

उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको पन उल्लेख गरेका छन् ।

 मन्त्री अब्दुल्लाहियानले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा उक्त टिप्पणी गरेका इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौधपक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तरराष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल  भएको थियो  ।

अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत  भएको बताउँनु भएको छ ।

मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन् ।  उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन्  । 

 सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको शुरुमा दमास्कसको भ्रमण गरेका छन् ।  सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग  राजनीतिक र आर्थिक वार्ता गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै