• २०८१ बैशाख १५ शनिबार

हेलमेट नलगाएर मोटरसाइकल चढेका अमिताभ बच्चन र अनुष्कालाई जरिवाना

kharibot

काठमाडौँ । ट्राफिक जामबाट बच्न अमिताभ बच्चन र अनुष्का शर्माले सोमबार आफ्नो कार त्यागेर बाइकमा लिफ्ट लिएको विषय अहिले चर्चामा रहेको छ । दुवैको भिडियो र तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तर, यो विषयमा अब ट्राफिक प्रहरीले एक्सन लिएको छ । बिना हेलमट अमिताभ बच्चन र अनुष्कालाई बाइकमा चढाएका दुवै बाइकका चालकलाई मुम्बईको ट्राफिक पुलिसले ५-५ हजार जरिवाना गरिएको छ । साथै हेलमेट नलगाएकोमा उनीहरुलाई थप ५००-५०० जरिवाना गरिएको छ भने अनुष्काका चालकको लाइसेन्स समेत नवीकरण नगरेको पाइएपछि थप ५ हजार जरिवाना गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  ।

अमिताभ बच्चन र अनुष्का दुवैले हेलमेट नलगाएर मोटरसाइकल चढेको विषय सामाजिक सञ्जाल र मिडियामा भाइरल भएपछि ट्राफिक प्रहरीले एक्सन लिएको हो ।

मुम्बई पुलिसले सिसिटिभी फुटेजमा भिडियो प्रमाणित गरेपछि जरिवाना गरिएको स्पष्ट गरेको छ  ।

अमिताभले बाइक राइडरसँग सेयर गरेको फोटोमा दुबैले हेलमेट लगाएका थिएनन् भने अनुष्का पनि भिडियोमा हेलमेट नलगाई देखिएकी थिइन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै स्टारविरुद्ध हेलमेट बिना बाइकमा बसेकोमा गुनासो गरेका थिए ।

अमिताभले अज्ञात मोटरसाइकल चालकसँग लिफ्ट लिएको विषय आफैले सार्बजनिक गरेका थिए तर प्रयोगकर्ताहरूले भने हेलमेट नलगाएको भन्दै प्रश्न उठाएका थिए । केहि प्रयोगकर्ताहरुले प्रहरीलाई ट्याग गर्दै लेखेका थिए- ‘बाइक सवार र अघिल्लो सवार दुवै हेलमेट बिना छन्। मुम्बई पुलिस कृपया ध्यान दिनुहोस् !'

त्यस्तै अर्को एक प्रयोगकर्ताले लेखे- 'हेलमेट नलगाउनेलाई कारबाही गर्नुपर्छ । उनले ट्राफिक नियम तोडेको देखिन्छ । मलाई आशा छ कि प्रहरीले कारबाही गर्नेछ र सबै समान छन् भनेर देखाउनेछ ।'

बिना हेलमेट लिफ्ट लिएकी अनुष्का ट्रोलको निशानामा 

बाइक बडीगार्ड बिना लिफ्ट लिएर मोटरसाइकल चढेकी अभिनेत्री अनुष्का शर्मालाई पनि ट्रोल गरिएको थियो । उनी चढेको मोटरसाइकल चालकले पनि हेलमेट नगलाएको भन्दै आलोचना भएको हो ।

एक प्रयोगकर्ताले मुम्बई प्रहरीलाई ट्याग गर्दै- हेलमेट कसले लगाउने ?  आरटीओ पुलिसले यी मानिसहरूबाट भारी जरिवाना उठाउनु पर्छ ।'

अमिताभले सम्झिएका थिए पुराना दिन

अमिताभ बच्चनले सोमबार तस्बिर सेयर गर्दै लेखेका छन्- 'म उनलाई चिन्दिन, तर पनि उनले मलाई मद्दत गरे । पहेँलो टि-सर्ट, सर्ट र टोपी लगाएको यो व्यक्तिलाई धन्यवाद, उसले मलाई खुसीसाथ आफ्नो बाइकमा बसायो र म समयमै ठाउँमा पुगें ।'

यससँगै अमिताभले एक ब्लग पनि सेयर गरेका थिए, जसमा उनले भनेका छन् कि यो बाइक राइडले उनलाई पुरानो कलेज दिनको याद दिलायो। कलेजका साथीहरूलाई भेट्न हरेक हप्ता बाइक चढ्ने गरेको अभिनेताले बताए । बाइक चलाउने र साइकलमा बस्ने मजा कहिल्यै कम हुन सक्दैन । आज मलाई ती दिनहरू सम्झना छ जब कहिलेकाँही समूह पिकनिकमा जानको लागि परिवारको गाडी पनि उपलब्ध थियो, तर अब त्यो समय बितिसकेको छ । अब हरेक कदम सावधानीपूर्वक र सहजताका साथ अगाडि बढ्नुपर्छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै