• २०८१ बैशाख ७ शुक्रबार

कोलम्बियामा विमान दुर्घटनाको १७ दिनपछि चार बालबालिका सकुशल फेला

kharibot

काठमाडौँ । कोलम्बियाको अमेजन जंगलमा एउटा विमान दुर्घटना भएको १७ दिन पछि चार  बालबालिका सकुशल फेला परेका छन् ।

मे १ मा भएको यस दुर्घटनामा तीन जना वयस्क महिलाको मृत्यु भएको थियो । त्यसयता खोजी अभियान चलिरहेको थियो । अहिले दुर्घटना भएको १७ दिनपछि बुधबार चार बालबालिका जीवितै फेला परेको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो आफैले दिएका छन् ।

पेट्रोले सेनाले कठिन खोजी अभियान चलायो र आज उनीहरूले विजय प्राप्त गरेको बताएका छन् । उनले यो देशका लागि खुसीको कुरा भएको बताएका छन् ।

दुर्घटनापछि कोलम्बियाको घना अमेजनमा बुधबार चार बालबालिका जीवितै फेला परेका थिए । उनीहरुमध्ये ११ महिनाको बच्चा पनि रहेको छ । अन्य बालबालिकाको उमेर ४, ९ र १३ बर्ष रहेको छ । 

सरकारले स्निफर कुकुरहरूको साथ खोजी अभियानमा १०० भन्दा बढी सैनिकहरू संलग्न गराएको थियो । 

दुर्घटनापछि बालबालिका दक्षिणी काक्वेटाको जङ्गलमा घुमिरहेको बताएका छन् । खोजी अभियानका क्रममा एक बालकको पिउने बोतल र आधा खाएको फल फेला परेपछि उनीहरुको खोजी कार्य अझ तिब्र बनाइएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै