• २०८१ बैशाख १५ शनिबार

‘म्यान्माका ८ लाख आँधीपीडितलाई आपत्कालीन सहयोग आवश्यक’

kharibot

जेनेभा । द्वन्द्वग्रस्त म्यान्मामा यो साताको प्रारम्भमा आएको मोचा आँधीबाट ठूलो जनसङ्ख्या प्रभावित भएको छ ।

म्यान्माका आठ लाखभन्दा बढी नागरिकलाई आपत्कालीन खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकत परेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

एशिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)का उपक्षेत्रीय निर्देशक एन्थिया वेबले आज पत्रकारहरूसँगको कुराकानीमा म्यान्माको रखाइन राज्य आँधीबाट तहसनहस भएको, अधिकांश घरका छाना उडेका, रुखविरुवा जरैसँग उखेलिएका, सडक, विद्यालय, अस्पताल, दूरसञ्चाल तथा बिजुलीका लाइन ध्वस्त भएका बताइन् ।

उनले तत्काल आठ लाख म्यान्माका जनतालाई मानवीय सहायता आवश्यक परेको भन्दै सहायताका निम्ति अन्तरराष्ट्रिय समुदायसमक्ष अपिल गरेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै