• २०८१ बैशाख ७ शुक्रबार

जाउलाखेलमा देखाइयो भोटो

kharibot

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइएको छ । 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथवाट राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाइएको हो ।

सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउने प्रचलन रही आएको छ । 

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख जावलाखेल पुगेका थिए ।

मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो भने गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।  वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै