काठमाडौँ । जर्मनी क्लब बायर्न म्युनिखले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ) ओलिभर कानलाई बर्खास्त गरेको छ ।
बायर्नले शनिबार लिगको उपाधि जित्नासाथ ओलिभर कानलाई सिइओबाट हटाएको हो । लिगको अन्तिम खेल हेर्न ओलिभर कान अनुपस्थित रहेबाटै उनी क्लबबाट हट्न सक्ने अनुमान गर्न सकिन्थ्यो ।
पछिल्लो समय प्रशिक्षक बर्स्खास्त र खेलाडीको विवादको विषयमा उनको भूमिकाको आलोचना भइरहेको थियो ।
मिडिया रिपोर्टका अन्सुअर बायर्नले आफ्ना निर्देशक हसन सलिहामिदजीकलाई पनि बर्खास्त गरेको छ ।
शनिबार सम्पन्न लिगको अन्तिम खेलमा बायर्नले कोल्नलाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार ११औं पटक बुण्डेसलिगाको उपाधि जितेको थियो । लिगको दाबेदार रहेको डोर्टमण्डले आफ्नो अन्तिम खेल बराबरी खेलेपछि बायर्नको लिग जित सुनिस्चित बनेको थियो ।