• २०८१ बैशाख १५ शनिबार

भीम रावलको प्रश्न- विशाल नेपालको नक्शा नेपाली संसदमा राखे भारतको सहमति हुन्छ ?

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेपालको कपिलवस्तु र लुम्बिनीलाई भारत सरकारले आफ्नो नक्शामा समावेश गरी संसदको भित्तामा राख्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै नेता रावलले कुनै बेलाको इतिहास वा भनाईको आधारमा त्यसो गर्ने हो भने सुगौली सन्धि अघिको विशाल नेपालको नक्शा नेपालको संसदमा राखिए भारतको सहमति हुन्छ कि हुन्न भन्ने प्रश्न समेत गरेका छन् । उनले यो विषय प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला उठाउनु होला कि ? भन्ने अपेक्षा समेत गरेका छन् ।

उनले भनेका छन्-  

नेपालको कपिलवस्तु र लुम्बिनीलाई भारत सरकारले आफ्नो नक्शामा समावेश गरी संसदको भित्तामा राख्नु आपत्तिजनक छ । कुनै बेलाको इतिहास वा भनाईको आधारमा त्यसो गर्ने हो भने सुगौली सन्धि अघिको विशाल नेपालको नक्शा नेपालको संसदमा राखिए भारतको सहमति हुन्छ कि हुन्न ।यो विषय प्रमं दाहालले भारत भ्रमणको बेला उठाउनु होला कि ? या कतै त्यही नक्शाको अघि तस्वीर खिचाएर नेपालको भौगोलिक अखण्डतामा नै आघात हुने हो ? हेर्दै जाऔं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै