• २०८१ बैशाख २७ बिहीबार

सन्दीप क्रिकेट टिमसँग दक्षिण अफ्रीका नजाने

kharibot

काठमाडौं । सन्दीप लामिछाने विश्वकप क्वालिफायर अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा अनुपस्थित हुने भएका छन् ।

जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।

बलात्कारको आरोपमा सन्दीप लामिछानेविरुद्धको मुद्धाको फैसला नआएपछि उनी दक्षिण अफ्रिका भ्रमणमा अनुपस्थित भएका हुन् ।

क्यान स्रोतका अनुसार अदालतको प्रक्रिया नटुंगिएसम्म सन्दीपको वैदेशिक भ्रमण अनिश्चित भएको छ ।

विश्वकप क्वालिफायर खेल्ने १६ सदस्यीय टिममा रहेपनि अब क्यानले सन्दीपको अदालती प्रक्रिया पुरा भएपछि मात्र टिममा समावेश गर्ने तयारी गरेको छ । 

सन्दीपले पनि आजराती दक्षिण अफ्रिका जाने तयारी गरेको टिमलाई बधाई तथा शुभकामना दिएका छन् । उनले आफुलाई टिमप्रति विश्वास रहेको भन्दै फेरी एक पटक आफ्नो क्षमता देखाउने बेला आएको उल्लेख गरेका छन् ।

नेपाली क्रिकेट टिमले दक्षिण अफ्रिकामा स्थानीय टिमहरुसँग चार अभ्यास खेल खेल्नेछ र उतैबाट नेपाली टिम जिम्बाव्वे प्रस्थान गर्नेछ । नेपालले जिम्बाबेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

विश्वकप क्वालिफायर भने असार ३ गतेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाबेसँग खेल्दै छ भने दोस्रो खेल असार ५ मा अमेरिकासँग, असार ७ मा वेष्टइण्डिजसँग र असार ९ मा नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै