काठमाडौँ । शहिद स्मारक ए डिभिजन अन्तर्गत मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई पराजति गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मछिन्द्रले सातदोबाटोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले ह्याट्रिक गरेका थिए । अफीजले खेलको १६औं, ४५औं र ५६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै सातदोबाटोका लागि जोर्डन मगरले एक गोल फर्काएका थिए ।
यो जितपछि मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्रको २३ खेलमा ३९ अंक भएको छ । मछिन्द्र शिर्ष स्थानमा रहेको चर्च ब्वाइजभन्दा २ अंकले पछाडी रहेको छ ।
त्यस्तै सातदोबाटोको २३ खेलमा २९ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।