• २०८१ बैशाख २५ मंगलबार

आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

kharibot

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण काे सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो ।

सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ ।

यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्ययवस्थाबमोजिम पार्टीले डी अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखाप्रमुख खेमराज पौडेलले जानकारी दिए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै