• २०८१ बैशाख १५ शनिबार

सीमा विवादको विषयमा बंगलादेश जाने बाटोको विकल्पमा छलफल भएको हो- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश मोडलमा भारतमा छलफल भएको स्पष्ट गरेका छन् । 

भारतको चार दिने भ्रमण पुरा गरेर काठमाडौँ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपूलेकको सीमा विवादको विषयमा बंगलादेश जाने बाटोलाई जोडेर समस्या समाधानको विकल्पको रुपमा छलफल भएको स्पष्ट गरेका छन् । 

भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।

अहिले विभिन्न विकल्पको विषयमा छलफल भएको र यी विकल्पको बारेमा छलफल शुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी पनि सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा खुलेर कुरा गरेको बताउदै मोदीले सार्बजनिक रुपमा नै यो विषयमा पहिलो पटक बोलेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफु जुन उद्धेश्यका लागि भारत भ्रमणमा गएको थिए त्यो पुरा भएको बताएका छन् । उनले विद्युत व्यापारको विषयमा बंगलादेश, भारत र नेपालसँग त्रिपक्षिय सम्झौता पनि लामो समयपछि भएको सकारात्मक र ठुलो विषय भएको बताए ।

उनले रसायनिक मलको उद्योग खोल्ने विषयमा समेत सहमति भएको बताउदै यो भ्रमण परिणाममुखी भएको र दुई देशको सम्बन्धमा विश्वासको नयाँ वातावरण बनेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै