• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको तीन शिर्ष नेताहरुबीचको छलफलमा शान्ति प्रक्रियालाई टुंग्याउने र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको बताइएको छ । 

साथै बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरिरहेको विषयमा समेत छलफल भएको थियो । 

गठबन्धन भत्किएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।

नयाँ सत्ता समीकरण भएपछि तीन शीर्ष नेताको पहिलोपटक भेटवार्ता भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै