काठमाडौँ । बेल्जियमका फरवार्ड इडेन हजार्डले रियल म्याड्रिड छोडेका छन् ।
चेल्सी छोडेर २०१९ मा रियल म्याड्रिड पुगेका हजार्ड रियल म्याड्रिडसँग सम्झौताको एक बर्ष अगाडी नै अलग भएका छन् ।
रियल म्याड्रिडले आपसी सहमतिमा हजार्डसँग अलग हुने निर्णय भएको जानकारी दिएको छ ।
चेल्सीबाट रियल म्याड्रिड जादा उत्कृष्ट फर्ममा रहेका हजार्डको स्पेन बसाई भने भुल्न लायक रह्यो । चार सिजनमा अधिकांश समय बेन्चमा बसेका हजार्डले रियलका लागि ७६ खेल खेल्दै केवल ७ गोल मात्र गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार हजार्डले अब सन्यास लिन सक्ने बताइएको छ ।