• २०८१ बैशाख २७ बिहीबार

अकालमा नागरिकको ज्यान जाने सडक नबनोस्- अमरेशकुमार सिंह

kharibot

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा जान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताए ।

यसको दोषी को हो भनेर उनले प्रश्न पनि गरेका छन् ।

नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उनले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै  बनाएर भए  पनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै