• २०८१ बैशाख १४ शुक्रबार

अझै आएन प्रशिक्षक मोन्टी देसाईको भिसा

kharibot

काठमाडौं । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाईको दक्षिण अफ्रिकाको भिसा बुधबारसम्म नआएको बुझिएको छ ।

नेपाली क्रिकेट टोली एक साताअघि नै आईसीसी विश्वकपको छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगिसकेको छ । तर प्रशिक्षक देसाई भने भिसा नआएर भारतमै रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) स्रोतले भने भोलिसम्म देसाईको भिसा नआए उनलाई सीधैं जिम्बावे पठाउने तयारी गरेको छ ।

नेपाली टोलीले विहिबार स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । प्रशिक्षक देसाई नपुगेको खण्डमा सहायक प्रशिक्षक वसन्त शाहीले टिमको नेतृत्व सम्हाल्नेछन् । त्यस्तै नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

देसाई यसअघि बिदामा अमेरिका गएका थिए । उतैबाट भिसाको प्रक्रिया अघि बढाए पनि भिसा आउन ढिलाइ भएपछि उनी भारत आएका थिए । भारतबाट पनि उनको भिसा निवेदन दिएको एक सातासम्म पनि नआएको बताइएको छ ।

नेपाल विश्वकप छनोटअघि अभ्यासका लागि दक्षिण अफ्रिका पुगेको हो । नेपाल आगामी आइतबार जिम्बावे जानेछ । नेपालले आगामी जेठ ३० गते यूएई र जेठ ३२ गते ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूहमा दुईपटकको विश्व विजेता वेस्ट इन्डिज, लिग टु प्रतिस्पर्धी अमेरिका, नेदरल्यान्ड्स जिम्बावे छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै