• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय महिला लिगको पहिलो चरणको क्वालिफायर सर्यो

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै महिनाको अन्तिमबाट सुरु हुने भनिएको राष्ट्रिय महिला लिगको क्वालिफायर प्रतियोगिता सरेको जानकारी दिएको छ ।

सोमबार एन्फाले एक विज्ञप्ति जारी गर्दै पहिलो चरणको क्वालिफायर प्रतियोगिता सरेको जानकारी दिएको हो । 

वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने प्रतियोगिताका कारण प्रतियोगिताको मिति सारिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार वाग्मती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम चैत २५ गतेदेखि वैशाख १ गतेसम्म हुनेछ । यसैकारण लिगको पहिलो चरणको क्वालिफायर एन्फाले वैशाख ७ गतेदेखिलाई सारेको छ ।

यसअघि प्रतियोगिता चैत २३ गतेदेखि सुरु हुने तालिका थियो । लिग कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । जसमा सात प्रदेशका प्रादेशिक टोलीको सहभागिता हुनेछ । क्वालिफायरको पहिलो चरणबाट तीन टिम राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।

एन्फाले छनोटको लागि आवास र यातायात खर्चहरू आयोजना गर्ने र प्रसारण गर्ने जिम्मा लिएको जनाएको छ । प्रतियोगितालाई सफल बनाउन कर्णाली जिल्ला फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघले सहआयोजकको रूपमा सहकार्य गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै