• २०८१ बैशाख १६ आइतबार

समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु

kharibot

काठमाडौँ । नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ ।

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने  नेसपाका अध्यक्ष  डा बाबुराम भट्टराईले जानकारी दिए ।

बैठकमा अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् ।

यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस हुने जनाएको छ ।  बैठक भोलिसम्म चल्ने सो पार्टीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै