काठमाडौं । नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा जित विहीन हुदै बाहिरिएको छ ।
शनिबार म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा चाईनिज ताइपेसँग ५-० गोल अन्तरले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।
समूह 'बी' मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग पनि ५-० कै हार बेहोरेको थियो । छनोटको समूह 'बी' को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल समुह बि मा नेपाल समुह विजेता बन्दै दोस्रो चरणमा पुगेको थियो ।